धरान: कफीको पारखी धरानेहरुको लागि धरान ११ नारायण चौकमा सुगर एण्ड स्पाइस शनिवारदेखि औपचारिकरुपमा खुलेको छ । 

माघ १९ गते ट्रयाल ओपनिङ्ग गरेर सञ्चालनमा आएको सुगर एण्ड स्पाइसले शनिवार भने ग्राण्ड ओपनिङ्ग गर्दै शुरुवात भएको हो । करिव ४० लाख लागतमा सुगर एण्ड स्पाइस सञ्चालनमा आएको हो । यो क्याफे कुन्साङ्गले आफ्नै घरमा सञ्चालनमा ल्याएकी हुन् । उनकै आमा ५५ बर्षीया नुतन सुब्बा गुरुङ्गले केक काटेर क्याफेको उद्घाटन गरिन्।

 सञ्चालिकाकी आमाले उद्घाटन गर्दै आफ्नो समयमा मन भए पनि यो व्यवसाय गर्न आँट गर्न नसकेको बताइन् । अहिले आफ्नी छोरीलाई युवा अवस्थाबाट नै व्यवहारिक र व्यावसायिक ज्ञान पाउन् भनेर आफुले पनि व्यवसाय गर्न प्रोत्साहित गरेको उनले बताइन् । गुरुङ्गको ३ छोरी मध्ये कुन्साङ्ग कान्छी छोरी हुन् । कुन्साङ्गले नर्सिङ्ग कोर्ष सकेकी छिन् । जेठी छोरी हाल परिवारसहित बेलायतमा छिन् । उनले कुन्साङ्गलाई व्यवसाय गर्न सहयोग गरेकी छिन् । माइली छोरी भने अष्ट्रेलियामा अध्ययनको क्रममा रहेको आमा नुतनले बताइन् । 

sugar1

      ग्राण्ड ओपनिङ्गको दिन करिव डेढ सय जना ग्राहकहरुले भिजिट गरेको सञ्चालिक कुन्साङ्ग गुरुङ्गले जानकारी दिइन् । सञ्चालिका गुरुङ्गका अनुसार क्याफेमा २५ भन्दा बढी भेराइटीका कफीको स्वाद लिन पाइनेछ । साथै, धरानको अन्य रेष्टुरेन्टमा नपाइने टिवेटियन द पाउ मःम, वाओ पञ्च, पिज्जा, वर्गर र घरमा नै बनाएको फ्रेन्च फ्राइ र लोडेड फ्राइको स्वाद पनि पाउन सकिने उनले बताए । 

sugar3

sugar5

sugar4

sugar2