धरान: बर्ड फ्लु रोग पुष्टि भएको सुनसरीको दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको छ । 

दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समितिको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । सोही निर्णय अनुसार मंगलबार उक्त फर्ममा रहेको ८ सय बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार उक्त फर्ममा रहेको ८२० वटा बोइलर खुकुरा र १५ वटा लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । यस्तै, एक क्रेट अण्डा, ७ बोरा कुखुरालाई खुवाउने दाना पनि गाडिएको अधिकारीले बताए । ‘फर्ममा रहेको सबै कुखुरा, अण्डा, दाना नष्ट गरेर सरसफाई गरियो । भोली सेनिटाइज गछौ,  र पर्सिदेखि सिल हुन्छ,’उनले भने । 

bird2

बर्ड फ्लु नियन्त्रण समितिले फर्मलाई केन्द्र मानेर पुर्वमा सोनापुरदेखि कदमगाछी जाने कच्ची सडकको सिमाना, पश्चिममा बाँसघारी र सानो खोल्सीको सिमाना, उत्तरमा बाँसघारी र दक्षिणमा दुर्गा, पचु खानको घर र बासघारीसम्म चार दिशा (चारकिल्ला) कायम गरेको छ । त्यसक्षेत्रभित्र अन्य फर्म तथा खोरहरु भेटिएमा त्यहाँ भएका कुखुरा, हाँसलगायत पंक्षीजन्य सबै नष्ट गरिने अधिकारीले बताए । सेनिटाइज गरिएका फर्मलाई ४२ दिनसम्म सिल गरिनेछ । यो फर्म सुरेश तिवारीले सञ्चालन गरेका हुन् । 

bird7

bird5

bird6

bird4