धरान: धरानका दुई युवा दाजुभाईले लगानी गरेर मदिरा व्यवसाय शुरु गरेका छन् । 

धरान १० स्थित पुतलीलाइन (भाटभटेनी अगाडि) दाजु ताराहाङ्ग राई र भाई नरहाङ्ग राईको संयुक्त लगानीमा हाङ्ग लिक्विर होम शुरु भएको हो । सञ्चालकद्धयका आमा अनादेवी राई र चुराकुमारी राईले शुक्रबार संयुक्तरुपमा रिबन काटेर उक्त हाङ्ग लिक्विर होमको उद्घाटन भएको थियो । 

सञ्चलाक ताराहाङ्गका अनुसार ३५ लाख लगानीमा लिक्विर होम सञ्चालनमा आएको हो । तत्काल खुद्रा व्यवसाय शुरु गरिएको जानकारी दिदै उनले आगामी र्आिर्थक बर्षबाट होलसेल व्यवसाय शुरु गर्ने बताए । साथै, किचनको पनि व्यवस्था गरेर ग्राहकहरुलाई बार पनि सञ्चलन गर्ने योजना रहेको उनको भनाई छ । 

भिडियो:

सञ्चालक राईका अनुसार धरानमा मदिराका पारखीहरु धेरै भएकोले उनीहरुलाई लक्षित गरेर लिक्विर होम खोलेको हो । ‘हामी चौबिसै घण्टा र निःशुल्क होम डेलिभरी सेवा पनि दिन्छौ,’उनले भने । लिक्विर होममा विदेशी र स्वदेशी मदिराको उत्पादनहरु बिक्रीमा राखिएको सञ्चालक राईले बताए । यद्यपी, नेपाली ब्राण्डका उत्पादनहरुलाई बढी प्राथमिकता दिइएको पनि उनले बताए । ओपनिङ्गको अवसरमा ग्राहकहरुलाई बिशेष छुटको पनि व्यवस्था गरिएको सञ्चालक राईले बताए । 

hang-liquor-home-(1)

hang-liquor-home-(9)

hang-liquor-home-(16)

hang-liquor-home-(6)

hang-liquor-home-(5)

hang-liquor-home-(10)

hang-liquor-home-(13)

hang-liquor-home-(7)