धरानः धरान ११ का आगलागी पीडित परिवारलाई अखिल नेपाल महिला (अनेम) संघको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ। 

नेकपा एमालेकी सुनसरी जिल्ला सदस्य तथा अनेम संघ धरानकी उपाध्यक्ष कल्पना शेर्पाको पहलमा आगलागी पीडित परिवारलाई घर पुर्ननिर्माण गर्नको लागि आर्थिक सहयोग गरिएको हो । नेतृ शेर्पाको पहलमा संकलन गरिएको २२ हजार ६ सय २० रुपैया रकम मंगलबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । सहयोग संकलनमा स्थानीय फुर्चुरु शेर्पाको पनि बिशेष सहयोग रहेको उनले जानकारी दिइन् ।

नेतृ शेर्पासँगै एमाले जिल्ला कमिटी सदस्य गोपाल सुनुवार, जिल्ला कमिटी सदस्य सविता राई र एमाले वडा ११ नम्बर कमिटी अध्यक्ष तथा वडा जनप्रतिनिधि(वडा सदस्य) किरण राईले बुहारी मिरा तामाङलाई रकम हस्तान्तरण गरेका थिए । आगलागीबाट घर जलेपछि विचल्ली अवस्थामा देखेर पीडित परिवारलाई सहयोग जुटाएको नेतृ शेर्पाले जानकारी दिइन् । उनले भनिन्,‘उहाँहरुको अवस्था एकदमै दयनीय देखेपछि सहयोग गरौं भनेर संकलन गर्यौं । सहयोगी सबै जनालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

भिडियो: वडा नं ११ का वडा सदस्य किरण राईले वडा कार्यालयबाट पनि सहयोग गर्ने बताए । ‘सल्लाह भइरहेको छ, सरकारी काम तालमेल मिलाउन समय लाग्छ, हामी वडा कार्यालयबाट पनि सहयोग गछौ । वडाबाट खाद्यान्नलगायत सामानहरु त दिइनै सकेका छौ,’ उनले भने, ‘पार्टीकोतर्फबाट पनि सहयोग छौ ।’

गएको बिहिबार राती शान्ति तामाङको घरमा आगलागी भएको थियो । काठको घर भएकोले सम्पुर्ण घर जलेर नष्ट भएको थियो भने पीडित परिवारले लगाएको एक सरो कपडाबाहेक केही पनि जोगिएको थिएन । घटनाको बेला सबै परिवारजन विवाहमा गएका थिए । ‘हाम्रो सबै धनसम्पत्ति जल्यो, केही पनि जोगिएन । सबै हिसाब गर्दा २५, ३० लाख जति पुग्छ,’बुहारी मिराले भनिन् । 

agalagi2

आगलागी भएपछि भोलीपल्ट उनीहरुलाई बास बस्नको लागि स्थानीयबासीले छिमेकीको जग्गामा बाँस र टिनको अस्थायी टहरा बनाइदिएका छन् । अहिले उनीहरुले त्यही नै आश्रय लिएर बसेका छन् । स्थानीयले घर पुर्ननिर्माण गर्न सहयोग संकलन अभियान चलाएका छन् । घरमुली शान्ति तामाङ र आमा समुहकी अध्यक्षको नाममा एक सहकारीमा खाता खोलिएको र सहयोग रकम हाल त्यही जम्मा भइरहेको बुहारी तामाङले जानकारी दिइन् । 

भिडियो:

agalagi3

agalagi4