धरान: धरान ११ मा पर्ने सुनौलो मार्गमा भर्खर (बिहिबार राती) एक घरमा आगलागी भएको छ ।

घरमा कोही पनि नभएको बेला करिब पौने ८ बजेतिर आगलागी भएको हो । घरधनी शान्ति तामाङसहित सबै छिमेकीको बिहेमा गएको बेला घरमा आगलागी भएको हो । काठले बनेको घर आगलागीले पुर्णरुपमा नष्ट भएको छ ।

घरमा कोही पनि नभएको कारण के कारणले आगो लागेको भन्ने थाह नभएको बुहारी मीरा तामाङले बताइन् । उनका अनुसार घरमा चादी ५,६ तोला थियो भने भोली शुक्रबार बिवाहमा लगाउने भनेर राखेको सुन पनि थियो । ती सबै आगोमा परेको उनले बताइन् । यद्यपी क्षतिको पुर्ण विवरण भने आएको छैन । धरानको २ वटा दमकल गएर आगो नियन्त्रणमा लिएको थियो । काठको घर भएकोले क्षति धेरै भएको हो ।

    

aga

ago1

ago9

ago8

ago3

ago4