सोलु: सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङका पासाङ ल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ । 

उनीसँगै सवार रहेकी ९ बर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छिन् । आज बिहान साढे १० बजे उनीहरु मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका ३ लासे दोभानस्थितमा हिउमा चिम्लिएर घोडा लडेको थियो ।

घोडासँगै उनीहरु पनि लडेर घाइते भएका थिए । घाईते मध्ये सोनामको उपचारको लागि लैजादै गर्दा दिउसो १२ बजे बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । घटनाबारे प्रहरी टोली खटिएको र थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।