विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ७, पथरीशनिश्चरे र बुढीगंगामा २–२, मिक्लाजुङ, सुन्दरहरैचा, बेलबारी, रतुवामाई, लेटाङ, केराबारी, सुनबर्षी र रंगेलीमा १–१ जना छन् भने सुनसरीको इटहरीमा ३, बर्जु, हरिनगर, धरान र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ३, विर्तामोड, मेचीनगर, हल्दिबारी, गौरीगञ्ज र दमकमा १–१ जना छन् । 

यसैगरि, इलामको इलाम नगरपालिका र रोङमा १–१, भोजपुरको हतुवागढी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३६ महिला र २८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९६९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।