इटहरी: इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन गरिएको छ । 

इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८, १९ र २०मा नवनिर्मित स्वास्थ्य इकाई भवनको शिलान्यास गरेका छन् । इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउन यस अघि सरकारी स्वास्थ्य ंसंस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । नगरप्रमुख चौधरीले चुनाव ताका सवै वडाहरुमा अस्पताल पूरयाउने प्रतिवद्धता पूरा गरेको बताए । उनले अव आधारभूत सेवा लिन गाँउका वासिन्दाले शहर जानु नपर्ने बताए। 

उपप्रमुख लक्ष्मी गौतमले वडा वडामा निर्मित स्वास्थ्य इकाइ भवनवाट स्वास्थ्य सेवा संचालन गर्न जनशक्ति र आवश्यक समाग्रीको ब्यवस्थापन भइसकेको जानकारी दिइन् । आँगनमै स्वास्थ्य सेवा आउने भएपछि गाँउ गाँउका वािसन्दा उत्साहित बनेको उनको भनाई छ । प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले इटहरीका वडाहरुमा जग्गा ब्यवस्थापन गरेर स्वास्थ्य इकाई भवन निर्माण गरिनु सुनसरीमै उदाहरणीय कार्य भएको बताए । उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले भवन निर्माण लागतका वारेमा जानकारी दिए । 

उपमहानगरका स्वास्थ्य संयोजक धनश्याम सिग्देलले आधारभूत स्वास्थ्य इकाइवाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवाका वारेमा जानकारी दिए । वडा नम्वर १८ मा वडाध्यक्ष रामकुमार चौधरी, १९मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम  श्रेष्ठको अध्यक्षतामा उदघाटन कार्यक्रम भएको थियो ।