धरान: नेवारहरूको राष्ट्रिय संगठन नेवा देय् दबूको तेश्रो धरान नगर अधिवेशन सम्पन्न भएको छ । 

धरान १ स्थित धुलिखेल समाजको हलमा राष्ट्र निर्माणमा नेवार एकता, संस्कृति, सम्पदा र पहिचान जोगाउन युवा नेतृत्व भन्ने नाराका साथ शुक्रवार अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनले मनोहर शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अमृत श्रेष्ठ, उपाध्यक्षमा प्रदिप कुमार श्रेष्ठ र सल्मा जोशी, सचिवमा बिनिता बज्रचार्य र दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा सुवर्णमोहन श्रेष्ठ चयन भएका छन् । 

यसैगरि, सदस्यहरुमा यशोदा कायस्थ, सुजता श्रेष्ठ, अनेश कुमार तुलाधर, लिला बहादुर प्रधान, हेमा श्रेष्ठ, अभिमन्यू श्रेष्ठ र हरिकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका  मेयर तिलक राईले नेवार समुदाय र नेवाः देय् दबूले धरान नगरको बिकासमा योगदन पुर्याएको धारणा राखे । उनले समाजलाई बलियो बनाउन जातीय संघ संस्थाको सक्रियता आवश्यक भएको पनि बताए । 

दबूका केन्द्रिय सदस्य अनिल मास्केले राष्ट्रिय सम्मेलन आगामी चैत्र महिनामा धरानमा हुने निर्णय भएको जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न खलः पुचका अध्यक्ष, जातीय संस्थाको अध्यक्ष तथा प्रतिनिधि र केन्द्रिय समितिका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।