विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

यस्तै, प्रदेश १ मा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४ महिला र २० पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८६५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।