झापा: झापाको मेचीनगर नगरपालिकामा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार वडा नं ५ स्थित मेचीखोला बगरबाट २ जना र वडा नं ६ बाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर ३ का १९ बर्षीय अविषेक श्रेष्ठ, भारत दार्जेलिङका २२ बर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई १ का २३ बर्षीय जोसेफ थापा रहेका छन् ।

आइतबार दिउँसो मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल हिड्दै नेपालतर्फ आइरुहेका श्रेष्ठ र प्रधानलाई सिमा प्रहरी चौकी नकलबन्दाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई चेकजाँच गर्दा ब्राउन सुगर २५० मिलिग्राम र ध्ष्लमबिक ध्ष्लकउबकmय ँयचत  क्याप्सुल(२०४ पिस, ल्क्ष्त्च्इक्ग्ल्ज्ञण् ट्याव्लेट(१ पिस पनि वरामद भएको प्रहरीले जनाएको छ । 

यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले थापालाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषधसहित पक्राउ परेका तीनै जनाको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।