विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा संक्रमण देखिएको हो । 

झापाको मेचीनगरमा २, भद्रपुर, बुद्धशान्ति, दमक र बाहृदशीमा १–१, मोरङको विराटनगर, बेलबारी, सुन्दरहरैचा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१, धनकुटाको धनकुटामा २ र तेहृथुमको म्याङलुङमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र १६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८४५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।