धरान: विद्यार्थीहरुमा रहेको गायन प्रतिभा र नृत्य प्रतिभालाई उजागर गर्ने उद्देश्यले संयुक्तरुपमा गायन र नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । 

फक्ताङलुङ मिडिया प्रालिले सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै संयुक्तरुपमा एसईई स्टेट १ सिङ्गिङ आइडल सिजन २ र एसईई स्टेट १, डान्सिङ स्टार सिजन १ आयोजना गर्ने जानकारी दिएको हो । प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार फागुन १७ गतेबाट फारम खुल्ला हुनेछ । प्रदेश नं १ व्यापी हुने गायन र नृत्य प्रतियोगितामा एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुले मात्र भाग लिन पाउनेछन् । दुवैको प्रतियोगिताको अडिसन १४ वटा जिल्लामा हुनेछ । 

सिंगिङ आइडल पहिलो पटक २०७५ सालमा भएको थियो । २०७६ र ०७७ सालमा कोरोना महामारीको कारण दोस्रो सँस्करण आयोजना हुन नसकेको कोअर्डिनेटर तीर्थ कार्कीले जानकारी दिए । २०७५ सालको विजेता गौरब राई थिए भने फष्ट रनर अप राज लोहार र सेकेन्ड रनर अप मिक्सोहा लिम्बु भएका थिए। एसईई दिएर बसेकाहरुलाई नृत्य प्रतियोगिता पनि आयोजना गर्न सुझाव दिएपछि यो बर्ष गायन र नृत्य दुवै प्रतियोगिता गर्न लागेको उनले बताए । कार्यक्रमको प्रमुख नारा  'गुणस्तरिय शिक्षा हाम्रो चाहना शिक्षासँगै विद्यार्थीको सर्वाङगीत विकास हाम्रो कामना' भन्ने रहेको पनि उनले बताए । 

singing-&-dance

यो प्रतियोगिता एसएसली दिएर बसेका विद्यार्थीहरुका लागि खाली समय सदुपयोग गर्दै आफ्नो प्रतिभा उजागर गर्नका लागि कोषेढुंगा सावित हुने पनि आयोजकले अपेक्षा राखेको छ । दुवै प्रतियोगिताहरु एसईई सकिए पछि सुरु हुने र रिजल्ट आउनु भन्दा अगाडी नै फाइनल हुने भएकोले विद्यार्थीहरुको पढाईमा कुनै असर नपर्ने पनि आयोजकको भनाई छ । 

प्रतियोगिताको पहिलो अडिसन अगामी २०७१ साल वैशाख तेस्रो हप्तादेखि ओखलढुंगाबाट शुरु हुनेछ । गायन र नृत्य दुवै प्रतियोगिताको विजेताले नगद ५० हजार, प्लस टु अध्ययन गर्न पुर्णछात्रवृत्ति, एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाउने अवसर पाउनेछन् भने फष्ट रनरअपले नगद ३० हजार, प्लट टु पढ्न ५० प्रतिशत छात्रवृत्ति र अन्य उपहार पनि पाउनेछन् । सेकेण्ड रनरअपले नगद २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति र अन्य उपहार पनि पाउनेछन् । गायनतर्फ विभिन्न सब टाइटलहरु पनि हुनेछ ।