संखुवासभा: संखुवासभाको चैनपुर नगरपालिकाबाट मृगको शिकार गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

संखुवासभा प्रहरीका अुनसार चैनपुर ७ स्थित बालेश्वर जंगलमा मृगको शिकार गर्ने ३५ बर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आज (सोमबार) बिहान सवा ४ बजे बालेश्वर जंगलमा शिकार भईरहेको बिशेष पाएपछि अस्थायी प्रहरी पोष्ट पिलुवा खोलाको टोली गस्तीमा खटिएको थियो ।

प्रहरी टोलीले मृग मारेर घर तर्फ लादै गरेको अवस्थामा श्रेष्ठलाई भरुवा बन्दुकसहित जंगलबाटै नियन्त्रणमा लिएको जनाएको छ । श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको जनाएको छ । उनको साथबाट भरुवा बन्दुकमा गोलीको रुपमा प्रयोग गरिएको सिसाका ३ वटा गोलाकार टुक्रा र बोरा भित्र रतुवा जातको मृत भाले मृग पनि वरामद भएको प्रहरीले जनाएको छ । उक्त मृत मृग पोस्टमार्टमको लागी चैनपुर सब डिभिजन बन कार्यालय संखुवासभा पठाईएको पनि प्रहरीको भनाई छ ।