धरान: धरान १६ स्टेडियम लाइनस्थित जेनिथ् सेकेण्डरी बोर्डिङ स्कुलमा मिस्टर जेनिथ र मिस जेनिथ कार्यक्रम भएको छ । 

सिनियरतर्फ स्वाभिमान जवेगु मिस्टर जेनिथ् र मोनिका तामाङ मिस जेनिथ् घोषित भएका छन् । जुनियर तर्फबाट रिज्वाइ लिम्बु र अकिता राईले उपाधि जित्न सफल भए । सिनियर तर्फका सब टाइटलहरु क्रमशः पुरुषबाट बेष्ट पर्साेनालिटिमा प्रिन्स विश्वकर्मा र बेष्ट स्माइलमा राजहाङ्ग लिम्बुले जितेका छन् । महिलाबाट बेष्ट पर्साेनालिटिमा फुङ्गनुमा लिम्बु र बेष्ट स्माइलमा अनिसा तामाङले जित्न सफल भइन् । 

जुनियर तर्फ सबटाइटलहरु क्रमशः पुरुषबाट बेष्ट पर्साेनालिटिमा सौगात लिम्बु, महिलाबाट बेष्ट पर्साेनालिटिमा अश्लिसा श्रेष्ठले जितिन् भने पुरुषबाट बेष्ट स्माइलमा एरोन लिम्बु र महिलाबाट बेष्ट स्माइलमा नुज्बी तुलाधारले जित्न सफल भएका छन् । पहिलो मिष्टर जेनिथ र मिस जेनिथको ताज निर्णायकहरु मेरिना लिम्बु, स्वेता भुजेल र रजनी लिम्बुले दिएको अंकको आधारमा घोषणा गरिएको हो । 

jenith1

प्रतियोगी विद्यार्थीहरुलाई कोरियोग्राफर मेरिना तुम्सा लिम्बुले १० दिने अनुशिक्षण गरेकी थिइन् । अनुशिक्षणमा महिला र पुरुष गरि ४० विद्यार्थीहरु सहभागिता जनाएका थिए । तिनै अनुशिक्षित विद्यार्थीहरुलाई सिनियर र जुनियर समुहमा विभाजन गरेर परिचय राउण्ड, ट्यालेण्ट राउण्ड र र्याम्प वाक क्याटेगोरिको आधारमा मिस्टर जेनिथ र मिस जेनिथ प्रतियोगिता सम्पन्न भएको स्कुलकी भाइस प्रिन्सिपल पुजा ताम्राकारले जानकरी दिइन् । अतिरित क्रियाकलाप मार्फत विद्याथीको चौतर्फी व्यतित्व विकास गर्ने तथा हरेक क्षेत्रमा अब्बल नागरिक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ताम्राकारको भनाई छ । 

कार्यक्रम विद्यालयका प्रिन्सिपल सुमन जवेगुको अध्यक्षतामा आयोजना भएको थियो । कार्यक्रमको सञ्चालन उदघोषकद्धय शिक्षिका समिता लिम्बु र पुष्पकला राईले गरेका थिए ।