धरानः धरान १६ स्टेडियम लाइनस्थित जेनिथ् सेकण्डरी बोडिङ स्कुलमा जेतिथ् आइडल सम्पन्न भएको छ । 

क्रिसमस इभको अवसरमा स्कुलले एकल गायन कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा सिनियर र जुनियर गरि दुई समुहमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता आयोजना गरिएको स्कुलले जनाएको छ । सिनियर समुहबाट प्रथम जेनिथ आइडलको उपाधि अनिसा तामाङले जितेकी छिन् भने फस्ट रनर अप र सेकेण्ड रनर अप क्रमशः नामसाङ्ग लिम्बु र आयुस राई भएका छन् । 

यसैगरि, जुनियर तर्फ केनिङ्मा लावतीले प्रथम जेनिथ आइडल जितेकी छिन् । फस्ट रनर अप र सेकेण्ड रनरअप क्रमशः डालुमा शेर्पा र सक्क्षम सुन्दास भएका छन् । दुवै समुहमा १५, १५ जना प्रतियोगीहरु सहभागी भएका थिए ।

jenith1

उक्त प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षिका समिता लिम्बु र कल्पना लावती रहेका थिए । सो प्रतियोगितामा विद्यार्थीहरुले गायनसगै आफुमा लुकेको विविध प्रतिभाहरु प्रस्तुत गरेर मनोरञ्जन दिलाएको विद्यालयकी भाइस प्रिन्सिपल पुजा ताम्राकार जवेगुले जानकारी दिइन् ।

कार्यक्रम सो विद्यालयको सस्थापक प्रिन्सिपल सुमन जवेगुको अध्यक्षतामा भएको थियो । शिक्षकद्घय जिवि लिम्बु र समिता लिम्बुको सयोजनमा कार्यक्रम जेनिथ् बाल क्लवले आयोजना गरेको थियो । शिक्षक शिक्षिका तर्फबाट समिता लिम्बुले गायन प्रस्तुत गरेकी थिइन् भने रजनी मान्नधरले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा विद्यायलकी विद्यार्थी छात्रा मोनिका तामाङले कार्यक्रम  सञ्चालन गरेकी थिइन् । 

jenith2