इटहरी: इटहरी उपमहानगरपालिकामा कोल्डस्टोरसहित करोडौं लागतमा आधुनिक कृषि बजार निर्माण हुने भएको छ । 

नगर गौरवको सवैभन्दा ठूलो योजनाकोरुपमा रहेको कृषि बजार इटहरी ९ हाटखोलामा निर्माण हुनेछ । उक्त कृषि बजारको बिहिबार मेयर द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कृषि बजारको शिलान्यास गरेका छन् ।

वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि वजार निर्माण हुनेछ । कृषि वजारमा ६ लाख केजी समाग्री एकै पटक भण्डारण गर्न सकिने कोल्ड स्टोर रहने छ । तरकारी र फलफूलजन्य समाग्रीको विक्री कक्ष, एटिएम सहितको वैंक, प्रशासनिक भवन, आवास कक्ष, दुईवटा धर्मकाँटा, १० वटा थोक विक्री कक्ष निर्माण गरिने छ । 

कृषि बजारको लागि यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको छ । कृषि बजार २ बर्षमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । बजेट क्रमागतरुपमा उपलब्ध हुने इञ्जिनियर घिमिरेले बताए । लागतमध्ये ५० प्रतिशत उपमहानगरपालिकाको सहभागिता रहने छ । यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ । 

itahari-cold-store-degin

शिलान्यास समारोहलाई सम्वोधन गर्दै मेयर चौधरीले उपहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँस काटेर वुझाएको करवाट इटहरीमा विकास निर्माणले गति लिएको बताए । पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको उनले बताए । इटहरीको विकासमा दलहरु विच राम्रो सहिष्णुता रहेको पनि प्रमुख चौधरीले बताए । 

उपमेयर गौतमले कृषि बजार इटहरीको गहनाकोरुपमा रहने बताइन् । उनले कही कतै बेइमानी तथा भ्रष्टाचार नगरी इटहरीको पूर्वाधार निर्माणमा उल्लेख्य कार्य भएको पनि बताइन् । प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले कृषि प्रधान देश भएकाले कोल्ड स्टोरको उल्लेख्य महत्व हुने वताए । कोल्डस्टोर र कृषि वजारका कारण रोगगारी अवसर सृजना हुने उनको भनाई छ । वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वरालले वडा नम्वर ९ मा भएका विकास निर्माणका कार्यले जनता खुशी रहेको वताए । वडा नम्वर ६ का वडाध्यक्ष दीपक गौतमले इटहरीमा कृषि वजारको आवश्यकता पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरे ।