धरान: धरानका १९ बर्षीय गायक गगन आलेले धरान १० स्थित कफी पव एण्ड रेष्टोमा प्रस्तुती दिने भएका छन् । 

उनले शुक्रवार साँझ ७ बजेदेखि साढे ९ बजेसम्म प्रस्तुति दिने कफि पव एण्ड रेष्टोका संचालक शिसिर राईले जानकारी दिए । उनले नेपाली, हिन्दी र अग्रेजी गीत गरि डेढ दर्जन गीत गाउनेछन् । गगनले विगतमा धरानमा आयोजित विभिन्न कन्सर्टहरुमा प्रस्तुति दिइसकेका छन् ।

आले ७ वर्ष हुदादेखि गाउन थालेका थिए । उनी धरान ८ स्थित वरगाछिमा फुपुको घरमा बस्दै आइरहेका छन् । उनी हाल धरान ८ स्थित ल्यावोटरी स्कुलमा कक्षा १२ मा अध्ययनरत छन्। गायनमा सौखिन गगन विभिन्न कन्सर्टहरुमा गाउदै आइरहेका छन् । उनी दृष्टिविहिन हुन् । उनले आफै गिटार बजाएर प्रस्तुति दिने गरेका छन् । गगनको संगीतमा रुचि र सम्भावना देखेर करिव ८ महिनादेखि धरान संगित प्रतिष्ठानले छात्रवृत्तिमा संगीत सिकाइरहेको छ ।

पब एण्ड रेष्टोका सञ्चालक राईले स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्न तथा व्यवसासायिकरुपमा अगाडि बढाउन धरानका कलाकारहरुलाई पहिलो प्रथामिकता दिइरहेको बताए । पवले हरेक शुक्रवार साझ अनप्लग लाइभ म्युजिक आयोजना गर्दै आइरहेको छ। मन्द म्युजिक र संगितमा ग्राहकहरुले खाना र म्युजिक माहौलको आनन्द लिन सक्ने हुनाले अनप्लग लाइभ म्युजिक मात्र गरिएको संचालक राईको भनाई छ ।