ओखलढुङ्गा: ओखलढुंगाको सिद्दिचरण नगरपालिका ५ सिस्नेखोलास्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

आज बिहान ८ बजे ओखलढुंगातर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो । माम्खा भन्ने ठाउँमा भएको दुर्घटनामा चिसंखुगढी गाउँपालिका ३ दियालेकी ३८  बर्षीया कुमारी श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।