धरान: महिला उद्यमी तथा सञ्चारकर्मीसमेत रहेकी सुनिता केसी राई मृत फेला परेकी छिन् । 

क्लिकधरान मिडिया प्रालिकी प्रबन्ध निर्देशकसमेत रहेकी केसी आज दिउँसो धरान १५ स्थित आफ्नै निवासमा मृत भेटिएकी हुन् । केसी झुण्डिएको अवस्थामा रहेको र आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । माइती पक्षबाट उपस्थित भएपछि सर्जमिन मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । 

केसी नेपाल पत्रकार महासंघ सुनसरीका साधारण सदस्य हुन् भने पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्य पनि हुन् । महिला सञ्जाल धरानको नगर सदस्यसमेत रहेकी केसी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध थिइन् ।