झापा: झापाको मेचीनगर नगरपालिका५ पिपलडाँडा चौकको बाझो खेतमा फागुन २५ गते मृत फेला परेकी वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार स्थानीय ६८ बर्षीया अम्बिका कुँवर बुधबार मृत भेटिएकी थिइन् । उनको हत्याको आरोपमा मेचीनगर ५ का २७ बर्षीय रणबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । फागुन २५ गते ४ बजे घाँस काट्न गएकी कुवँर साँझसम्म घर फर्किएर आएकी थिइनन् । उनको श्रीमान जगत कुँवरले खोजतलास गर्दै जाँदा घरदेखि २ सय मिटर टाढा रहेको बाँझो खेतमा राती पौने ८ बजे मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाबारे तत्काल जानकारी पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघीय प्रहरी ईकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली अनुसन्धानको लागि परिचालन भएको थियो । अनुसन्धानको क्रममा मेचिनगर ५ का बस्नेत पक्राउ गरेका हुन् । लाशको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी स्वास्थ्य बिधिबिज्ञान प्रगोगशाला धरान सुनसरी पठाईएको छ भने पक्राउ परेका बस्नेतलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।