धनकुटा: धनकुटा जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर नदीमा एक महिलाको शव फेला परेको छ ।

मृतक महिला धनकुटा नगरपालिका ९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेको प्रहरीले जनाएको छ । लामिछाने फागुन २९ गते दिउँसो बृद्ध आश्रमदेखि हराएर बेपत्ता भएकी थिइन् ।

उनी हराएपछि प्रहरी चौकी मुलघाटको प्रहरी टोलीले खोजी गर्ने क्रममा आज नदी किनारमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भईरहेको जनाएको छ ।