सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिकाका २ जना युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन् । 

जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुकसहित बराहक्षेत्र ५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र ३ देवीथानका २७ बर्षीय मोहन श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीका अनुसार हिजो दिउसो सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

सामुदायिक वनमा शिकार खेल्न बसिरहेको अवस्थमा लोड भएको ३ नाल भरुवा बन्दुकसहित दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।