उदयपुर: उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ । 

आज बिहान पौने ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट वृद्धाको मृत्यु भएको हो । प्रहरीका अनुसार ठक्करबाट घाईते भएकी पैदल यात्री बेलका नगरपालिका ३ कि ७६ बर्षीय राममाया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । 

मोटरसाईकल र चालक त्रियुगा नगरपालिका ७ का २० बर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।