धरान: रंगहरुको पर्व होलीको अवसर पारी आउँदो चैत्र ४ गते शुक्रबार धरान (४ स्थित ट्रीहाउस रेस्टुरेन्टको मैदानमा 'होली इन जंगल' कार्यक्रमको आयोजना हुने भएको छ।  

दिउँसो १२ बजे देखि साँझ सम्म हुने कार्यक्रममा काठमाडौँबाट डिजे सन्तोष, डिजे नानी र धरानबाट डिजे जेनी र डिजे डबल बीले होलीको फ्लोर तताउने छन्।

धरानको शिरमा अवस्थित नेपालकै पहिलो ट्री हाउसमा होलीलाई उत्सवको रुपमा मनाउन लागेको र प्रवेश निशुल्क गरिएको र कार्यक्रमलाई भब्य रुपमा आयोजना गर्नको लागि तयारी गरिरहेको आयोजक टिमका सरल उदासले बताए।