इलाम: ईलामको माई नगरपालिका १ स्थित तेह्र कुने सिमसार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राईको डुबेर मृत्यु भएको हो । हिजो बिहिबार दिउँसो साढे ११ बजे साथीहरुसँग पौडी खेल्ने क्रममा बर्धन पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

डुबेर बेपत्ता भएका राईको पोखरीमा खोजी गर्ने क्रममा प्रहरी चौकी दानवारीको प्रहरी टोलीले मृत अवस्थामा फेला पारेको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।