संखुवासभा: संखुवासभाको चैनपुर ११ गहतेस्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । 

हिजो शनिबार दिउँसो १२ बजे चैनपुरबाट खाँदबारीतर्फ आउदै गरेको को २ त ४२९४  नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी ७ मिटर तल झरेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा हुँदा चालक संखुवासभा चैनपुर ३ पोखरीका २४ बर्षीय बिनाहाँङ लिम्बु र ट्याक्टर मालिक हेमन्त राई घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारको लागी अस्पताल पठाईएको थियो । अस्पतालमा ट्याक्टर मालिक राईको साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।