धरान: सुनसरीमा पानीमा डुबेर २ जनाको ज्यान गएको छ । 

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका र बर्जु गाउँपालिकामा पानीमा डुबेर २ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा एक जना वृद्ध र एक बालक छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी ५ शान्ति टोलस्थित सुकुमारी खोलामा डुबेर ६८ बर्षीय नेत्र भण्डारीको मृत्यु भएको छ । भण्डारीलाई हिजो बिहान स्थानीयले डुबिरहेको अवस्थामा देखेका थिए ।

यस्तै, बर्जु गाँउपालिका ६ स्थित थलाह खोलामा डुबेर बर्जु १ का लक्ष्मण ऋर्षिदेवका १३ बर्षीय छोरा निशान ऋर्षिदेवको ज्यान गएको हो । उनको हिजो दिउसो साढे १ बजे खोलामा नुहाउने क्रममा स्थानीयले डुबेको देखेका थिए । दुवै घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरि अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।