सुनसरी: सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा हिजो (शनिबार) डुबेर वेपत्ता भएका एक किसोर मृत फेला परेका छन् । 

हिजो शनिबार बराहक्षेत्र नगरपालिका ६ का १८ बर्षीय प्रेम कुमार पाण्डे कोशीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए । उनी दिउँसो साँढे ३ बजे पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली खोजीमा निस्किएको थियो । 

प्रहरी टोली तथा स्थानीयबासीहरु समेतको सहयोगमा खोजी गर्ने क्रममा आज दिउँसो साँढे २ बजे उनको शव भेटिएको हो । प्रहरीका अनुसार पाण्डे डुबेर बेपत्ता भएको स्थान भन्दा करिव ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा शव फेला भेटिएको छ । पाण्डे मृत फेला परेसँगै शव परिक्षणको लागी अस्पताल पठाएको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।