विराटनगर: प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याउने बताएका छन् । 

लेटाङ घटनाबारे सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले प्रहरी जवानको परिवारलाई न्याय दिने बताए । आइतबार लेटाङको एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको विरोधमा भएको झडपका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । 

letang-ghatana

मन्त्री कार्कीले समाजलाई आक्रोशित र आतङ्कित बनाउने तत्वहरूले सरकारलाई गम्भीर बनाएको बताए । 'हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोही पनि कानूनी दायरामा आउँछन्,' मन्त्री कार्कीले भने, 'अनुसन्धानको क्रम जारी छ सफल अनुसन्धान हामी गछौं ।’

उक्त घटनामा घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पनि लिएका छन् । मंगलबार कोसी तथा नोबेल अस्पतालमा पुगेर घाइते भएकाहरूको स्वास्थ्य अवस्था बारेमा मन्त्री कार्कीले जानकारी लिएका हुन् । बिरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै मन्त्री कार्कीले घाइतेको उपचारमा विशेष ख्याल गर्न आग्रह पनि गरे ।