सुनसरी: सप्तकोशी नदीमा हाम फालेका एक वृद्धको जिवितै उद्दार गरिएको छ । 

प्रहरीका अनुसार बिराटनगर महानगरपालिका ८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्दार गरिएको हो । बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी प्रहरीले पाएको थियो ।

उक्त जानकारी पाए लगत्तै प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्दार गरेको हो । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।