धरान: सरस्वती बाल आश्रमको सञ्चालक समितिमा विष्णुकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । 

आश्रमको ३४ औं वार्षिक साधारसभाबाट नयाँ कार्यसमिति चयन भएको हो । प्रथम उपाध्यक्षमा रुक्मणी मास्के, द्वितिय उपाध्यक्षमा शान्ता अधिकारी र महासचिव विकास कुमार बनेपाली चयन भएका छन् भने सचिवमा हरिप्रसाद शाही, कोषाध्यक्ष विष्णुमाया लिम्बु रहेका छन् ।

यसैगरी सदस्यहरुमा अम्बिका राई, नैनकला न्यौपाने, राजेन्द्र शर्मा, राजेन्द्रकुमार भण्डारी, मनिष, खड्गी, रन्जिता कट्वाल, झन्कार गोविन्द लाखे, भरत क्षेत्री, एलिना मगर, सुजता राई, मानबहादुर मगर र सुधिर ताम्रकार रहेका छन् । 

बुधबार आश्रमको सभाहलमा भएमा प्रदेश नं. १ प्रदेश सभा सदस्य साबित्रा जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका थिए ।