विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन गरेका छन् ।

प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकास मन्त्री राईले बुधबार आफूलाई प्राप्त अधिकार मध्ये केही राज्यमन्त्री तुम्बाहाम्फेलाई प्रत्यायोजन गरेका हुन् । मन्त्री राईले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, असहाय र अशक्त, गैरसरकारी संघ संस्था, समाज कल्याण, सामाजिक सुरक्षा र संरक्षणका अधिकारहरु राज्यमन्त्री तुम्बाहाम्फेलाई प्रत्यायोजन गरेका हुन् ।

यस्तै, गरिवी निवारण, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, नियमन, अनुगमन तथा मूल्यांकनका अधिकारहरु पनि राज्यमन्त्री तुम्बाहाम्फेलाई प्रत्यायोजन गरेका छन् । राज्यमन्त्री तुम्बाहाम्फेले आफुलाई प्रत्यायोजित अधिकार प्रयोग गर्न राज्यमन्त्रीको जिम्मेवारी र कर्तव्य हुने बताइन् ।