विराटनगर: नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको छ । 

यो पुरस्कार नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा स्थापना गरिएको हो । पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ । सो पुरस्कारबाट यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजूलाई प्रदान गरिएको थियो । 

त्यसैगरि षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका मोरङ सम्वाददाता देवनारायण साहलाई प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशी १५ हजार १५ रहेको छ । सो पुरस्कारबाट यसअघि मोहन काजी, गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भईसकेका छन् । कार्यसमितिको आज शनिबार विराटनगरमा बसेको सातौं बैठकले दुवै पुरस्कारको निर्णय गरेको महासंघका अध्यक्ष संजीव खनालले बताए ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आगामी चैत १६ गते विराटनगरमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।स्थापना दिवसको अवसरमा मोरङ शाखाले निर्माण गरेको वेभसाईडको पनि सु्भारम्भ गरिने भएको छ । स्थापना दिवसको अवसरमा चैत १७ गते विराटनगरमा मोरङका सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले बताए ।