धरान: स्वास्थ्य नै धन हो भन्ने मुल नाराका साथ विद्माधरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ।

   भिजन अप्टिकल एण्ड आई किल्नीक प्रालि र विद्माधरीको सहकार्यमा धरान ३ सदन रोडस्थित कार्यालयमा शिविर आयोजना गरिएको थियो । शिविरमा सेयर सद्स्य, बचतकर्ता र आखाँको समस्या भएर पनि चेक जाँच गर्न नपाई रहेका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सहकारीका अध्यक्ष लुईस जेम्स राईले विद्माधारी सहकारीले आफ्नो स्थपनाको १२ औ बर्ष पार गरि सकेको बताए । आफ्ना सदस्यहरुको आर्थिक एवं व्यबसायीक उन्नतीमा सहकारी प्रतिबद्व रहेको र उक्त लक्ष्य प्राप्तीका लागि सहकारीले स्वयम् पनि बचत तथा ऋण कारोबार अतिरिक्त विभिन्न गतिबिधीहरु आयोजना गरिरहेको अध्यक्ष राईले बताए । स्वास्थ्य महत्वपुर्ण भएकोले हरेक महिना स्वाथ्य शिविरको कार्यक्रम राखेको पनि उनले जानकारी दिए।

    भिजन अप्टिकल का संचाल एकराज थापाले सहकारीहरुले व्यबसायसगै सामाजिक कार्य गरेकोमा खुशी व्याक्त गरे । उनले आँखा शिविर कार्यक्रमले विद्माधरी सहकारीलाई हेर्ने दृष्टिकोणमा क्लियर हुने बताए । आँखा शिविरमा सेयर सदस्य बचतकर्ता र स्थानीयको उत्साजनक सहभागीता रहेको थियो। शिविर कार्यक्रममा २ सय हाराहारीको उपस्थीत रहेको थियो।