मोरङ: मोरङको बेलवारी नगरपालिका ४ स्थित बेतना सिमसार क्षेत्रमा चाँदीको गर(गहना लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।

चैत ८ गते पाथीभारा ज्वेलर्स एण्ड सप्लायर्स दमकको कर्मचारीले बर्दिबास लैजादै गरेको १३ केजी चाँदीको गहना लुटिएको थियो । उक्त लुटपाटमा संलग्न दमक नगरपालिका ३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका १ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका ६ उदयपुरका २४ बर्षीय बिशाल बिक र ईटहरी ५ का २४ बर्षीय बादल बिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुले चैत्र ८ गते बिहान गरगहना लुटेको थियो । 

लुटपाटमा संलग्नहरुलाई ईलाका प्रहरी कार्यालय बेलवारीको टोलीले चाँदीका गहनासहित नियन्त्रणमा लिएको हो । घटनामा संग्लग्न अर्का एक जना फरार रहेका छन् । उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भईरहेको पनि ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।