भोजपुर: भोजपुरको पौवादुङमा गाँउपालिका २ स्थित खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । 

आज बिहान साढे ११ बजे मामली घर पौवादुङमा आएर बसेका मोरङको केराबारी गाउँपालिका ७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगरको पानीमा डुबेर मृत्यु भएको हो । उनी खेल्ने क्रममा लडेर खाल्डोको पानीमा डुबेको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा आफन्तले फेला पारेपछि उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पुर्याइएको थियो । तर, उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय भोजपुरले थप अनुसन्धान भई रहेको जनाएको छ ।