धरान: बराह ग्रुप अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत २२ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी गर्ने प्रतिवद्धता जनाउदै चैत १ गते एक सुचना जारी गरेको थियो ।

सोही सुचनाको आधारमा आज (चैत २२) धरान ८ स्थित बराह कम्प्लेक्समा नगद फिर्ता लिन वचतकर्ताहरु बिहानैदेखि जम्मा भए । तर, प्रतिवद्धता वमोजिम नगद भुक्तानी शुरु नभएको भन्दै वचतकर्ताहरुले गुनासो गरेका छन् । पैसा फिर्ता लिन बिहानैदेखि वचतकर्ताहरुको घुँइचो भएपछि अप्रिय घटना हुन नदिन सुरक्षाको लागि प्रहरीसमेत परिचालन गरिएको छ । वचतकर्ताहरुले खातामा भएको आफ्नो वचत रकम फिर्ता पाउनुपर्ने माग गरिरहेका छन् । 

baraha2

पछिल्लो समय बराह सहकारी आर्थिक संकटसँग जुधिरहेको छ । खास गरि कोरोना महामारीसँगै विश्व अर्थतन्त्रमा शुरु भएको मन्दी एवं संकटको मारमा नेपालका वित्तिय संस्थाहरुलाई पनि परेको छ । त्यसमध्ये एक धरानको बराह सहकारीमा पनि देखिएको हो । धराने जनताको विश्वास जितेको बराह ग्रुपको एक अंग सहकारी आर्थिक संकटमा पर्दा ठुलो असर पर्ने अनुमान गरिएको छ । धरानका धेरै मानिसहरुले बराहमा वचत गरेका छन्, र यो संस्था धरासायी हुँदा धरानमा ठुलो आर्थिक संकट देखा पर्ने भन्दै चिन्तासमेत प्रकट भइरहेको छ । कतिपयले बराहलाई सबै धरानबासीहरु मिलेर जोगाउनु पर्ने धारणा पनि राखिरहेका छन् । 

baraha3

बराहका सञ्चालकहरुले पनि वचतकर्ताहरुलाई विश्वास गर्न आग्रह गर्दै विस्तारै समस्या समाधान हुने आश्वासन दिइरहेका छन् । ऋण लगानी असुल गर्ने, ऋण लगानी नउठे धितो लिलाम गर्नेलगायत आवश्यक प्रक्रिया अपनाएर पनि लगानी उठाउने र वचतकर्ताहरुको रकम फिर्ता गर्ने सहकारीको भनाई छ । यसैबीच, वचतकर्ताहरु पैसा फिर्ता लिन ठुलो संख्यामा आएपछि सहकारीका मुख्य सञ्चालकहरु छलफलमा बसिरहेका छन् । बराह स्रोतका अनुसार समस्या समाधान गर्ने उद्देश्यले बराह ग्रुपका शिव लामिछाने, मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायत छलफलमा छन् । 


baraha4

baraha7

baraha6