धरान: धरान १३ बाट प्रहरीले ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकुटा घर भई हाल धरान १३ मा डेरा लिएर बस्ने ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का, २१ बर्षीय मौषम नेपाली र ३९ बर्षीया मुना तामाङ रहेका छन् । बिशेष सुचनाका आधारमा उनीहरुलाई गए राती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको पनि प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका चारै जनालाई ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान भईरहेको जनाएको छ ।