धरान: अन्तर वडास्तरिय मितेरी फुटसल रनिङ प्रतियोगितामा धरानको वडा नं ११ च्याम्पियन भएको छ । 

धरान ११ स्थित मितेरी फुटसलमा शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नं ११ ले वडा नं १५ लाई ६ १ गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । जितसँगै वडा नं ११ ले ट्रफी र नगद ५० हजार हात पार्यो । उपविजेता वडा नं १५ ले नगद २५ हजारमा चित्त बुझाउनु पर्यो । प्रतियोगिताको वेष्ट प्लेयर वडा ११ का धिरेन लिम्बु घोषित भए भने वेष्ट गोलकिपर वडा १५ का बिनेस चौधरी घोषत भए । यसैगरि, उदयीमान खेलाडी र  हाई स्कोरर वडा ११ का सुदिप गुरुङ घोषित भए । उनीहरुले जनही नगद १५ सय र स्पोर्टस सुज हात पारे । 

miteri1 1

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि, राष्ट्रिय खेलकुद परिषदका पुर्वसदस्य सचिव एवं नेपाल खेलकुद महासंघ समाजबादीका अध्यक्ष केशब बिष्ट, एकीकृत समाजवादीका नेता केशव फुँयाल, सेन्टरका सल्लाहकार एवं जिल्ला बक्सिङ सघका अध्यक्ष बिकास गुभाजुलगायतले पुरस्कार विरतण गरेका थिए ।  प्रतियोगिता यही चैत्र २० गते देखि सुरु भएको थियो ।

आयोजक मितेरी स्पोर्टस् सेन्टरका प्रोपाइटर लुकेन्द्र राईका अनुसार प्रतियोगिताबाट जोगिएको पैसा सामाजिक कार्यमा खर्च गरिनेछ । भविष्यमा सेन्टरले विभिन्न शैक्षिक तथा सामाजिक, स्वास्थ्य संस्था तथा खेलसँग आवद्ध संस्थाहरुसँग सहकार्य गरी विभिन्न समुहका बालवालिकालाई फुटसल, व्याडमिन्टन, कराते, बक्सिजस्ता खेलको एकेडेमी सञ्चालन गर्ने र तालिमसमेत दिलाउने लक्ष्य राखिएको उनले बताए । उनले २०७५ सालमा सेन्टर स्थापना गरेका थिए । उक्त सेन्टरमा फुटसल, जिम, ब्याडमिन्टन प्रशिक्षणसँगै खेल सागम्री र क्याफे पनि सुविधा रहेको छ ।