धरान: नयाँ बर्षको आगमनसंगै नेपालकी चर्चित गायिका मेचु धिमालले न्यु इयर इभमा धरान तताउने भएकी छन् । 

उनले धरान १० पुतली लाइनस्थित कफि पव एण्ड रेष्टोमा आफ्नो लाइभ प्रस्तुतीले संगीतका पारखी धरानेहरुलाई तताउने भएकी हुन् । बन्डल एजेन्सी, धरानको इभेन्ट म्यानेजमेन्ट तथा कफि पवको आयोजनामा चैत्र ३० गते न्यु इयर इभ स्पेसल मेचु धिमाल नाइट हुन लागेको हो । सानैदेखि कला क्षेत्रमा रुची भएकी धिमाल भोइस अफ नेपाल २०१९ कि टप ८ मा पुग्न सफल भएकी थिइन्। उनले अहिलेसम्म एक सय ५० भन्दा बढी गीत रेर्कड गराएकी छिन् ।

उनको डेढ दर्जन भन्दा बढी म्युजिक भिडियो बजारमा आइसकेको छ । यही महिना मात्र उनले भोइस अफ किड नेपालकी पेमादिछेन तामाङ र रुक्साना लिम्वुसँग दुई वटा गित वजारमा ल्याएकी छिन् । यस संगै सुप्रिम मल्लको साथमा अन्ताक्षरी बोलको गित ल्याउने तयारीमा छिन् । उनको फसायो नि मिठो बोलेर, उड्नु छ, गाग्रीको पानी, लगायत गितहरु युट्युब ट्रेन्डिङ्गमा पर्न सफल भएको थियो । 

धरान असाध्य मनपर्ने बताउने मेचुको यो तेस्रो पटक धरान भ्रमण हो । न्यु इयर इभ स्पेसल मेचु धिमाल नाइटमा आफ्नो नयाँ पुरानासंगै डेढ दर्जन गीत उनले प्रस्तुत गर्नेछिन् । उनको प्रस्तुति पछि पुर्वको चर्चित डिजे तथा कोरियोग्राफर ललित राईको डिजे सेसन रहने इभेन्ट व्यवस्थापन हेरेका वन्डल एजेन्सी धरानका प्रोपराइटर निकेन राईले बताए । काउन्ट डाउन गरेर नया वर्ष २०७९ लाई स्वागत गर्दै कार्यक्रम समापन हुनेछ ।