झापा: झापाको गौरादह नगरपालिका ५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

गौरादह नगरपालिका ५ की ४० बर्षीया मनमाया थापाको चट्याङले मृत्यु भएको हो । उनी आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको बेला हावाहुरी र पानीसंगै परेको चट्याङ लागेर घाईते भएकी थिइन् । उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।