भोजपुर: भोजपुरको अरुण गाउँपालिका १ रातमाटेमा भरुवा बन्दुक चलाउदा १ जनाको मृत्यु भएको छ । 

हिजो बेलुका साँढे ५ बजे स्थानीय ४७ बर्षीय सुर्य बहादुर खत्रीले छिमेकीको गोठमा भरुवा बन्दुक चलाउदा आफ्नै पेटमा लागेर घाईते भएका थिए । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी प्याउलीको टोली खटिएको थियो ।

घाइते खत्रीलाई उद्दार गरि उपचारको लागी जिल्ला अस्पताल भोजपुर पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।