धरान: नयाँ बर्ष २०७९ को शुरुवात भएसँगै परिवर्तनका लागि सामाजिक अभियानले धरानको प्रमुख आकर्षणको रुपमा रहेको धरानको मठमन्दिर, कला–संस्कृति र एडभेन्चरको भिडियो क्लिप निर्माण गरेको छ । 

कोभिड पछि वामे सर्न थालेको धरानको पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले अभियानले भिडियो निर्माण गरेको हो । नेपाल र विशेष गरि भारतको पश्चिम बङ्गाल र बिहारमा फेसबुकको पेज, टिकटक र इन्टाग्रामबाट सो क्षेत्रहरुको प्रवद्र्धन गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताए । “धरानका पर्यटकीय क्षेत्र, कलासंस्कृति र एडभेन्चरको छोटो भिडियो निर्माण गरेका छौं, फेसबुक, इन्टाग्राम र टिकटकबाट प्रर्वद्धन गर्छौं । पक्कै पनि यो प्रयोगले धरान आउने पर्यटकहरुको संख्यामा बृद्धि हुनेछ,” बरालले भने । 

भिडियो:

अत्याधुनिक प्रविधि प्रयोग गरेर छायाङ्कन र सम्पादन गरिएको सो भिडियो क्लिपमा बुढासुब्बा मन्दिरको १ मिनट ३६ सेकेण्ड, दन्तकाली मन्दिरको २ मिनेट ८ सेकेण्ड, पिण्डेश्वर मन्दिरको २ मिनेट १७ को रहेको छ । त्यसै गरि धरानको विभिन्न संस्कृति र एडभेन्चरको भिडियो पनि सम्पादनको क्रममा रहेको अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् । धरानको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र नै रहेको र सो क्षेत्रको प्रर्वद्धन गर्न धरानेहरु लागि पर्नुपर्ने बराल बताउँछन् । 

अभियानको सामाजिक स्वास्थ्य क्लिनिक १४ औं संस्करणमा

परिवर्तनका लागि सामाजिक अभियानले स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्य समेत गर्दै आईरहेको छ । अभियानले हरेक महिनाको पहिलो र तेश्रो शनिवार वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा सामाजिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आईरहेको छ । ७० वर्ष भन्दा माथिको जेष्ठ नागरिकहरुका लागि सञ्चालित सो क्लिनिकमा विशेष गरि मुटु, रक्तचाप र मधुमेह परिक्षण गर्ने गरिन्छ । 

वडावडामा क्लिनिक सञ्चालन गर्ने कार्यक्रम १३ औं सस्करण सम्पन्न भईसकेको छ । अभियानले आगामी १४ औं संस्करणको सो क्लिनिक यहि २०७९ वैशाख ३ गते शनिवार धरान ३ नं. वडा कार्यालयको सहयोगमा भानुस्मृति मा.वि.मा आयोजना गर्न लागेको छ । 

“घरको स्कूल” धरान–१५ मा

bishnu-baral

परिवर्तनका लागि सामाजिक अभियानले शिक्षा क्षेत्रमा “घरको स्कूल” कार्यक्रम सञ्चालन गरिरहेको छ । निम्न आय भएका अभिभावकका विद्यार्थीहरुलाई लक्षित गरि आयोजित उक्त कार्यक्रम धरान–१५, खोरिया बस्ती स्थित जनता आधारभूत प्रा. वि. मा सञ्चालन भईरहेको छ । सो विद्यालयमा अध्ययनरत ३, ४ र ५ कक्षाका विद्यार्थीहरुलाई २ समूहमा विभाजन गरि सञ्चालित “घरको स्कूल” परियोजना हाल ४५ जना विद्यार्थीहरु समेत अध्ययन गरिरहेका छन् । 

भिडियो: