धरान: द भोइस किड्सबाट चर्चामा आएकी साथै ब्यस्त गायिका रुक्साना लिम्बुको स्वरमा अर्को गीत आएको छ । 

स्वर्गीय खेमराज गुरुङ्गको संगीत तथा टिका चाम्लिंगको रचना रहेको गायक एपी शेर्पाको लोकप्रिय गीत  ‘सम्झना नै आजभोलि’ लाई रुक्साना लिम्बुको स्वरमा किड्स भर्सनको रुपमा रेकर्ड भएको हो । उक्त गीतको स्टुडियो भिडियोसमेत सार्वजनिक गरिएको छ। 

rukshana-samjahana-2

उक्त गीत गायक एपीलाई चिनाउने गीत हो । २०६६ सालमा सार्वजनिक एल्बम  ‘मेहनत’मा समावेश यो गीतले त्यसबेला निक्कै चर्चा कमाएको थियो । उक्त गीतलाई रुक्सानाले एकदमै भावमा डुबेर गाएको र सबैले मनपराउने अपेक्षा गरेको गायक शेर्पाले बताए । 

सिल्भर इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाङ्फे र सम्पादन अर्जुन खड्काले गरेका छन् भने पृथक स्टुडियोमा गीत रेकर्ड गरिएको हो । गायिका लिम्बु हिजोआज सांगीतिक कार्यक्रम र स्टुडियोमा गीत रेकर्ड गर्नमा व्यस्त छिन्। उनको स्वरमा दुई दर्जन गीत रेकर्ड भइसकेको छ ।

लिङ्क :