धरान: नयाँ बर्षको अवसरमा स्कटर खरिद गर्ने योजना बनाएर सुनसरीको बराहक्षेत्र ८ चक्रघट्टीबाट गीता तामाङ शनिवार धरानको नवदुर्गा अटो प्यालेस आइन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगै रहेको नवदुर्गा अटो प्यालेस धरानमा सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता हो । स्कुटर किन्ने आएकी गीताले नयाँ मोडल एक्सेस, विएससिक्स, एफआई १२५ सिसिको स्कुटर रोजिन् । सुजुकीको नयाँ बर्षको अफर अनुसार उनलाई स्क्र्याच कार्ड दिइयो । उक्त कार्ड कोरेर हेर्दा गीताले उपचार स्वरुप ५० हजार पाइन् । नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले उनलाई तत्काल ५० हजार प्रदान गरे ।

स्कुटर किन्न आएकी गीता सोच्दै नसोचेको स्क्राच कुपनबाट नगद ५० हजार पुरस्कार पाउदा हर्षित भइन् । उनले भनिन्–‘सुजुकीको हरेक मोडल मलाई राम्रो लाग्छ, त्यसमा पनि उपहार पाउदा म झन धेरै खुशी छुँ ।’ उनले अरुलाई पनि सुजुकीकै स्कुटर किन्न सल्लाह समेत दिइन् । सुजुकीको स्कुटर सस्तो, भरपर्दो र पाँच बर्षको वारेन्टी भएको साथै तेल पनि किफायती हुने भएकोले आफुलाई मन परेको उनले बताइन् ।

नवदुर्गा अटो प्यालेसका सञ्चालक भुजेलले सुजुकीको एक्ससेस स्कुटरले प्रतिलिटर ६४ किमी माइलेज दिने बताए । यही माइलेजकै कारण पछिल्लो समय ग्राहकहरुको रोजाईमा एक्ससेस स्कुटर परेको उनको भनाई छ । ‘बढी माइलेज दिने भएकैले पछिल्लो समय ग्राहकहरुको रोजाईमा सुजुकीको एक्ससेस स्कुटर परेको छ, सुजुकीको हरेक मोडलमा पाँच बर्षको वारेन्टी समेत रहेको छ,’भुजेलले भने ।