धरान: मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता धरानमा शुरु भएको छ । 

“धरानमा लहर खेलकुदको सहर” नाराका साथ प्रतियोगिता मंगलबारदेखि शुरु भएको हो । धरान १७ स्थित श्री मध्यमिक विद्यालयको बास्केटवल कोर्टमा मंगलबार उद्घाटन खेलमा धरान वडा नं १७ ले धरान वडा १३ लाई ७६-४२ को फराकिलो स्कोरमा पराजित गर्यो । खेलमा वडा नं १७ ले प्रत्येक क्वार्टरमा २५-११-१५-२५ स्कोर जोडेको थियो भने वडा-१३ ले १२-५-१३-१२ स्कोर गरेको थियो । उक्त खेलको म्याद अफ दि म्याच वडा १७ का खेलाडी सुजन राई घोषित भए । उनी बास्केटवलको प्रदेश १ खेलाडी हुन् । उनले वडा १७ को लागि व्यक्तिगत ३२ स्कोरको योगदान गरेका थिए । 

basket 1

प्रतियोगिताको उद्घाटन नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्याक्ष सुरज लामाको प्रमुख आतिथ्यमा भएको थियो । उनले म्यान अफ द म्याच घोषित खेलाडीलाई १ हजार नगद र मेडल प्रदान गरे । प्रतियोगितामा बुधबारको पहिलो खेल अढाई बजे धरानको वडा नं ११ र वडा १५ बीच हुनेछ भने दोस्रो खेल साढे ३ बजे वडा १७ र वडा ५ बीच हुनेछ । 

बैशाख ११ गते सम्पन्न हुने प्रतियोगितामा धरानको वडा नं ५, ८, ११, १३, १४,१५,१७,१८ र १९ गरि ९ वटा वडाहरुले सहभागिता जनाएको कार्यक्रम संयोजक बसन्त राईले जानकारी दिए । बास्केटबलको कोर्ट नभएको वडा ५ ले सहभागिता जनाउनु उत्साहजनक भएको उनले बताए ।

उद्घाटन समारोहमा बिशिष्ट अतिथिकोरुपमा धरान सियोन स्कुलका प्रमुख खड्क बहादुर थापा मगर रहेका थिए । धरान १६ मा रहेको सियोन स्कुल प्रतियोगिताको बिशेष सहयोगी पनि हो । प्रतियोगिताको आयोजना धरान उपमहानगरपालिका हो भने सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग र हराईजन क्लवको व्यवस्थापनमा पहिलो पटक वडास्तरीय मेयर कप आयोजना भएको हो । 

basket2

basket3