धरान: धरानमा सत्तारुढ चार दलीय गठबन्धनको पत्रकार सम्मेलनमा नै बबाल भएको छ । 

गठबन्धन दलहरुबीच सहमतिको खाका सार्वजनिक गर्न धरान १५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन हुदै गर्दा बीचैमा कांग्रेस नेता, कार्यकर्ताहरु विरोध जनाउदै पुगेका थिए । उनीहरुले गठबन्धनको सहमति हुँदै गर्दा धरान, क्षेत्रीय कार्यसमितिले बुथ सभापतिहरुसँग सल्लाह नगरेको र आफुखुशी वडाहरु बाँडफाँड गरेको भन्दै नेतृत्वको चर्को विरोध गरे । जसले गर्दा पत्रकार सम्मेलन केही समय तनावग्रस्त बनेको थियो । 

कांग्रेस वलियो भएपनि वडा नं १७, १५, १९, १०, ३ लगायत वडाहरु गठबन्धनको नाममा अन्य पार्टीलाई दिएको भन्दै उनीहरुले चर्को विरोध गरे । पत्रकार सम्मेलन बिथोलिएपछि कांग्रेस नगर सभापति श्याम पोखरेलले विरोधकै बीचमा पत्रकार सम्मेलन समापन भएको घोषणा गर्नुपरेको थियो । 

भिडियो:

धरान १७ का कांग्रेस नेता नारद राईले वडामा बुथ सभापति, क्षेत्रीय प्रतिनिधिहरुसँग सरसल्लाह नगरि गुटको आधारमा वडाहरु भागवण्डा गरेकोले विरोध जनाएको बताए । यस्तै, अर्का नेता अजय राईले पनि आफुखुशी नेतृत्वले गठबन्धन गरेकोले विरोध जनाएको बताए । 

चार दलबीचमा यस्तो छ सहमति

बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानमा सत्तारुढ चार दलहरुबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । 

लामो रस्साकस्सी तथा छलफल पछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो । गठबन्धन दलहरुले आज बिहान पत्रकार सम्मेलन गर्दे सहमतिको खाका सार्वजनिक गरेका छन् । 

धरानमा कांग्रेसले मेयरसहित १३ वटा वडा पाएको छ । वडा नं १, २, ५, ६, ७, ८ ९, ११, १२, १३, १४, १६ र १८ कांग्रेसको भागमा परकेो छ । माओवादी केन्द्रले उपमेयरसहित ३, १५, १७ र २० वडा पाएको छ । यस्तै, जसपाले वडा नं १० र १९ पाएको छ भने नेकपा एसले वडा नं ४ पाउने सहमति भएको छ । 

भिडियो: