धरान: नेकपा एमालेबाट निवार्चित धरानको वडा नं ४ का वडाअध्यक्ष मानबहादुर राई एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

वडा अध्यक्षबाट पनि आज (शनिबार) नै राजिनामा दिएका राईले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । वडाअध्यक्षमा पुनः उम्मेदवार हुन चाहेका राईले एमालेबाट टिकट पाउने सम्भावना नभएपछि पार्टी परिवर्तन गरेका हुन् । एमाले छोड्न मन नभएपनि फेरि एक पटक वडाअध्यक्ष भएर अधुरो रहेको काम पुरा गर्न चाहदा नपाउने अवस्था भएकोले पार्टी परित्याग गरेको बताए । 

वडाअध्यक्ष राईले भने,‘एमालेमै बस्न मनथ्यो । ५ बर्षमा कोरोनाले २ बर्ष नै काम गर्न दिएन । आधा मात्र गरेको काम फेरि एक पटक अध्यक्ष भएर पुरा गर्छु भन्दा पनि मानेनन्, र छोडिदिए ।’ उनले अब एकीकृत समाजवादीबाट वडा नं ४ मा अध्यक्ष उठ्ने पनि बताए । 

man-dr1