धरान: धरानको मेयरमा मञ्जु भण्डारी सुवेदीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । 

आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले धरानको मेयरमा भण्डारीलाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा पदम इस्वो लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार भण्डारी एमाले केन्द्रीय सदस्य हुन् भने धरानकी उपमेयर पनि हुन् । यस्तै, उपमेयरका उम्मेदवार इस्वो जिल्ला कमिटी सदस्य हुन् ।